युकेको सिजिनल भिसा खुलाउन वैदेशिक रोजगार व्यवसायीको माग

सहयात्रा टिभी

काठमाडौं ।असोज १० , युकेमा नेपालबाट मौसमी कामदार (सिजिनल भिसा) मा नेपाली श्रमिक पठाउन लगाइएको रोकलाई खुलाउन सरकारले पहल गरिदिन वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडले बुधबार गरेको एक कार्यक्रममा उनीहरुले सन् २०२२ पछि युकेले नेपालबाट कृषि क्षेत्रमा सिजिनल भिसामा श्रमिक लैजान लगाएको रोक खुला सरकारी तहबाट प्रयास गर्नुपर्ने बताएका हुन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडका सल्लाहकार क्रिस रोबकले लगाउदा नेपाली श्रमिकले अवसर गुमिरहेको बताए । ‘युकेको कृषिमा सिजिनल भिसामा आप्रवासी श्रमिकको माग धेरै छ’ उनले भने, ‘तर नेपाल त्यो अवसरबाट वञ्चित छ ।’

उनका अनुसार युकेले वार्षिक ४५ हजार बराबरको आप्रवासी श्रमिक भित्राइरहेको छ । तर युकेले भने नेपाली श्रमिक लैजान बन्द गरेकाले यो अवसर नेपालले गुमाउनु परेको उनले बताए ।

नेपालबाट श्रमिक सिजिनल भिसा पठाउदा म्यानपावार कम्पनीबाट श्रमिक ठगिएको, भिसा सकिएपछि गैरकानुनी बसाइजस्ता कारण देखाएर युकेले नेपालबाट सन् २०२३ बाट श्रमिक लैजान बन्द गरेको थियो । सन् २०२२ मा ३ हजार ६०० श्रमिक सिजिनल भिसामा युके गएका थिए । तर त्यसपछि श्रमिक लैजान मानेको छैन ।

 

प्रकाशित : 26 September, 2024

प्रतिक्रिया दिनुहोस्