यो साता सेयर गिरावटले निरन्तरता पायो

सहयात्रा टिभी

काठमाडौं । असोज ११, यो साता पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो । गत साता २५७६ अंकमा बन्द भएको बजार यो साता ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ मा बन्द भयो ।

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढे पनि सोमबार ५९ र मंगलबार ५८.९३ अंक घट्यो । बुधबार फेरि ४९.१८ अंक बढेको बजार बिहीबार ३२.८१ घट्यो । बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ ।

बजारमा आइतबार ५ अर्ब ९ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ६६ करोड, मंगलबार ५ अर्ब ६८ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ८१ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८४ करोडको भयो ।

प्रकाशित : 27 September, 2024

प्रतिक्रिया दिनुहोस्