मनकामना केबलकार तीन दिन बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । असोज २८, मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकार मर्मत सम्भारका लागि अस्ट्रियाबाट प्राविधिकहरु झिकाइएको छ ।

प्रकाशित : 14 October, 2024

प्रतिक्रिया दिनुहोस्