किरण पुञ्जको ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असोज २९, किरण पुञ्जको गायन रहेको ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

गीतमा भूगोलराज दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन र किरण पुन्जको स्वर रहेको छ । दशैँको अवसर पारेर भिडिओमा सविना राउत र गायक पुन्जको मुख्य अभिनय देख्न सकिन्छ । सञ्चारकर्मीसमेत रहेकी सविनाले बाइक राइडरको दमदार प्रस्तुति दिएकी छन् ।

रवि श्रेष्ठ, रिया नापित, अर्जुन कार्की र इशिका सहकर्मीले पनि अभिनयमा सघाएका छन् । कमल प्रजापति निर्देशित भिडिओमा नितेश लामाले सिनेमाटोग्राफी गरेका छन् । सविना-किरणको अव्यक्त प्रेमसँगै महिला स्वतन्त्रतालाई म्युजिक भिडिओमा देखाइएको छ । म्युजिक भिडिओ गायक पुञ्जकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित : 15 October, 2024

प्रतिक्रिया दिनुहोस्