सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुन चाँदी दुबैको मूल्यमा नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै  यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्