नेप्से घट्दा कारोबार रकम पनि घट्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, सोमबार नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो ।

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्