मंगलबार नेप्से परिसूचक बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, अघिल्ला दुई दिन लगातार घटेको सेयर बजारका सबै सूचक बढ्यो । मंगलबार नेप्से २५.८८ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्