आज झिनो अंकले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २१, आज झिनो अंकले घट्यो नेप्से । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

प्रकाशित : 6 November, 2024

प्रतिक्रिया दिनुहोस्