महाअभियोग पछि दक्षिण कोरियाका रक्षामन्त्रीले दिए राजीनामा

काठमाडौं । मंसिर २०, दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् ।
राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिँदै भनेका छन्, ‘ती सबै घटनाक्रमको जिम्मा लिन्छु ।’ ह्युन सेनाका अवकाशप्राप्त जनरल हुन् । उनी राष्ट्रपति युनका स्कुलका सहपाठी हुन् ।