क्यानडामा ट्रुडोसँगको टकरावपछि अर्थमन्त्री फ्रिल्यान्डको राजीनामा
सहयात्रा टिभी
काठमाडौं । पुष २, क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिनुभएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको बीबीसीले जनाएको छ ।
ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आउनुभएको छ । फ्रिल्यान्डको ठाउँमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ । फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छोडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् ।
ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभएको खबरमा उल्लेख छ ।