नेप्से ७ अंक घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ ३, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो ।

बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।

साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् ।

फाइनान्स कम्पनीका लगाीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस गरेर सेयर बिक्री गरिरहेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष्य सन्तोष मैनाली बताउँछन् ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।

प्रकाशित : 16 January, 2025

प्रतिक्रिया दिनुहोस्