आइतबार नेप्से १२.५८ अंकले बढेर उकालो लाग्यो
काठमाडौं । माघ ६, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर उकालो लागेको छ । नेप्से २६०१.२१ अंकमा बन्द भएको छ ।
गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार भने बढेको छ ।
यसका साथै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड भने घटेका छन् ।
फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ ।
नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ ।