बजारको परिसूचकसँगै कारोबार घट्यो
सहयात्रा टिभी
काठमाडौं । माघ १४, सोमबार बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ ।
सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो ।
विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको मूल्य घटेका कारण यतिबेला सस्तो मूल्यमा आउँदा खरिद पक्ष बलियो देखिएको हो ।
कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।