पूर्णबहादुरको सारंगीले मनायो ७५औँ दिन
काठमाडौं । माघ १६, फिल्म पूर्ण बहादुरको सारंगीले आइतवार राजधानीमा प्रदर्शनको ७५औं दिन मनाएको छ। फिल्मको निर्मँण कम्पनी सभेन सीजले यसको अवसरमा सिक्वेलसमेत घोषणा गरेको छ।
कार्यक्रममा सेभेन सीजले पूर्णबहादुरको सारंगीसंगै अर्को फिल्म रोल नं १ पनि बनाउने घोषणा गरेको छ। सामारोहका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको नाम अनावरण गरेका थिए। समारोहमा फिल्मका कलाकार, प्राविधिक र सहयोगीहरूलाई कदर पत्र प्रदान गरिएको थियो। निर्माण पक्षका अनुसार फिल्मले नेपालभरी ५० र विदेशमा २५ करोड गरी जम्मा ७५ करोडको व्यापार गरेको छ। योसँगै सर्वाधिक कमाउने र सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड पनि बनाएको छ।
सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रकि सुवेदी हुन्। फिल्मका निर्देशक सरोज पौडेलले भने आफूले फिल्मको सिक्वेलमा काम नगर्ने बताएका छन्। उनले आफूलाई जानकारी नदिइ आफूले सिर्जना गरेका पात्र र कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् भन्ने धारणा व्यक्त गर्दै फिल्ममा आफूले काम नगरे पनि आवश्यक प्रक्रिया पुरा गरेर अघि बढ्न आग्रह गरेका छन्।
फिल्मको पटकथा र संवाद भने महेश दवाडीले लेखेका हुन्। १ करोड ३० लाखमा बनेको पश्चिमी पहाडको गाइने समुदायका बाबुछोराको कथामा आधारित फिल्म गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको थियो। विजय बराल, प्रकाश सपूत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनित फिल्ममा समावेश रैया चा“दीको, का“धेकुरीजस्ता गीत लोकप्रिय भएका छन्।