पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्यो
काठमाडौं । माघ २१, नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् । महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको सापकोटाले बताए ।
यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज भुसाल पम्फा थिइन् ।