नेप्से आज २.४१ अङ्कले बृद्धि
सहयात्रा टिभी
काठमाडौं । माघ २१, हिजो उच्च अङ्कले बृद्धि भएको शेयर बजार आज सामान्य बृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज २.४१ अङ्कले बढेर २ हजार ७ सय ३० विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर सामान्य बृद्धि भएका छन् ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै १३ अर्बको कारोबार भएकोमा आज २ करोड ३७ लाख कित्ता शेयर ११ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।