आज सुन तोलामा १ हजार ९ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २२, स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ९ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार प्रतितोला चाँदी १९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदीको मूल्य १ हजार ८९५ रुपैयाँ कायम थियो।

प्रकाशित : 4 February, 2025

प्रतिक्रिया दिनुहोस्