क्यान्सर दिवसका अवसरमा एचपीभी खोप अभियानको शुभारम्भ

सहयात्रा टिभी

काठमाडौं । माघ २२,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरसु (एचपीभी) खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।

बालुवाटरमा रहेको शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ का स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर प्रधानमन्त्रीले अभियानको शुभारम्भ गर्नुभएको हो ।

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।

खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय जना किशोरीलाई खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरसको सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित : 4 February, 2025

प्रतिक्रिया दिनुहोस्