जीबीको निर्देशनमा जिम्मेवारी निभाएको, ठगी नगरेको रविको बयान

सहयात्रा टिभी

काठमाडौं । माघ २२, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको रवि लामिछानेले बयान दिएका छन् ।

सरकारी वकिलसमक्ष दिएको बयानमा लामिछानेले गोर्खा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै कार्यमा आफ्नो संलग्नता र सहभागिता नरहेको उल्लेख गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा साहारा चितवन सहकारीको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको थियो ।

लामिछानेले भने टेलिभिजनमा रकम ल्याउने कार्यमा सञ्चालकका रूपमा गितेन्द्रबाबु (जीबी) राई नै जिम्मेवार रहेको भनेका छन् ।

 

प्रकाशित : 4 February, 2025

प्रतिक्रिया दिनुहोस्