सानदार मःमः सेन्टरमा सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । माघ २४, काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई कृतिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान सुरु गरिएको उनको बताए ।