वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम रोकियो

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ को ब्याजदर स्थिर छ ।

ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ । यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो ।

पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।

समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।

व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ ।

फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ । जुन लामो अवधिका लागि हो ।

पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।

 

प्रकाशित : 12 February, 2025

प्रतिक्रिया दिनुहोस्