मेलम्चीको भेल पस्ने डरले प्रसूति गृहमा सुरक्षा टोली खटिए
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ ३०, काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप बबरमहलमा बुधबार दिउँसो फुटेको छ ।
पाइप फुटेर निस्किएको पानीले बबरमहल क्षेत्र जलमग्न बनेको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
यद्यपि, पाइप ठूलो भएको र त्यहाँ जमेको पानी सबै बग्ने भएकाले अहिले पनि बबरमहलमा पाइपबाट पानी निस्कन छाडेको छैन । पानी नरोकिएपछि अहिले प्रसूति गृहमा पनि उद्धार टोली पठाइएको हो ।
काठमाडौं महानगरका एक प्रहरीले दिएको जानकारी अनुसार अहिले लगभग २ सय जनाको सुरक्षा टोली सो क्षेत्रमा खटिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, महानगर प्रहरी गरेर सो संख्यामा टोली खटिएको हो । बबरमहलमै रहेको विशेष अदालतभित्र केही कर्मचारी अझै रोकिएका छन् ।