अदालत परिसरमा बाढी पसेपछि सबै सुनुवाइ रोकियो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ ३०, मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।
बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको छ ।