ग्यास व्यवसायी र सरकारबीच सहमति पछि आन्दोलन स्थगित

सहयात्रा टिभी

काठमाडौं । फागुन १, ग्यास व्यवसायी र सरकारबीच सहमति भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भई व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो ।

उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योग मन्त्रालयले जनाएको छ ।

बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारी, निगमका कर्मचारी र नेपाल एलपी ग्यास उद्योग सघंका पदाधिकारी रहेका थिए ।

छलफलमा संघका मागका सम्बन्धमा सकारात्मक छलफल भएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले ग्यास बिक्रेताले पाउँदै आएको कमिसन २०७५९०७६ देखि नबढेको हुनाले बढाउने वा पहिलेकै अवस्थामा राख्ने विषयमा छलफल भएको बताउनुभयो ।

 

प्रकाशित : 13 February, 2025

प्रतिक्रिया दिनुहोस्