‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया

सहयात्रा टिभी

काठमाडौं । फागुन ५, महाशिवारात्रिको दिन अर्थात यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायाबी’ को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तीन दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ४३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको फिल्म सेक्सन अन्तर्गतको दुई नम्बर ट्रेन्डिङमा छ ।

दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन् । टिकटकमा अहिले ‘मायाबी’ को विषयवस्तुलाई लिएर दर्शकको उत्साह खुबै देखिएको छ । दर्शकले फिल्मको संवाद र यसको कथावस्तु लोभलाग्दो रहेको भन्दै फिल्मको प्रतिक्षा गरिरहेको उल्लेख गरेका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा २४ हजार भन्दा बढी लाइक र ३ हजार ३ सय भन्दा बढी प्रतिक्रिया आएका छन् ।यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठको साथमा नव–नायक समिम खानको मुख्य भूमिका छ । अधिकांश दर्शकले यस्तो लभ स्टोरी कथा यस अगाडि नहेरेको भन्दै प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् ।

‘मायावी’ का संवादहरुमा अहिले थुप्रै टिकटक बनेका छन् । दर्शकहरुले फिल्मको ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया दिएको भन्दै निर्देशक भट्टराइले खुशी व्यक्त गरे । यो फिल्मलाई राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तले मिलेर बनाएका हुन् ।

प्रकाशित : 17 February, 2025

प्रतिक्रिया दिनुहोस्