डा. भीम रावलद्धारा प्रधानमन्त्री ओलीबारे १५ बुँदे टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । फागुन ६, मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् ।

जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ । भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरेको भनेर पनि रावलले प्रश्न उठाएका छन् ।

भूमिसम्बन्धी अध्यादेश जनविरोधी भएको रावलले बताएका छन् ।

फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई स्पष्टीकरणसम्म पनि नसोध्ने प्रवृति ओलीको रहेको रावलको अर्को टिप्पणी छ ।

 

 

 

प्रकाशित : 18 February, 2025

प्रतिक्रिया दिनुहोस्