सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । फागुन १२, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज सोमबारको मूल्यसूची तय गर्दै सोमबार सुन प्रतितोला ५सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य चाँदी १ हजार ९ सय ८५ रुपैयाँ कायम छ ।