शिवरात्रीलाई हाउडे मायाको भजन

काठमाडौँ । फागुन १३, गायिका सिर्जना खत्री (हाउडेमाया) शिवरात्रीको अवसरमा शिव भजनका साथ दर्शकमाझ आएकी छन्।
भोले बमबम बोलको भजनमा उनले शिवको महिमा प्रस्तुत गरेकी छन्। सिर्जनाले आफ्नै शब्द र संगीतमा तयार पारेको भजनमा योगेश काजी शाहको एरेन्जमेन्ट रहेको छ। पशुपतिनाथ क्षेत्रभित्र छायांकन गरिएको भजनको भिडियोमा सिर्जना सन्यासी रूपमा प्रस्तुत भएकी छन् भने बिनिता वली र सारस दाहाल पनि फिचर्ड छन्।
पछिल्लो समय विदेशका सांगीतिक कार्यक्रम एवम् मेला महोत्सवको प्रस्तुतिमा ब्यस्त रहेकी सिर्जनाले केही समयको अन्तरालमा शिव भजन सार्वजनिक गरेकी हु्न्। युवराज खत्रीको निर्देशन र सम्पादन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन रहेको छ।