भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए समर्थन नगर्ने जसपाको अडान

सहयात्रा टिभी

काठमाडौँ । फागुन १८, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने अडान लिएका छन् ।

आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता लनुपर्ने अडान लिएका हुन् ।

भूमि अध्यादेशले वास्तविक भूमिहीन, सुकुम्बासीहरुले जग्गा पाउन नसक्ने पनि प्रतिवेदनमा लेखिएको छ । अध्यादेश ल्याउने सरकारको मनसायप्रति नै यादवले प्रश्न उठाएका छन् ।

अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि सहयोग नगर्ने अडान लिएका छन् । पार्टीको अडानका कारण जनताको भरोसा जसपा नेपालप्रति बढेर गएको पनि यादवको निष्कर्ष छ ।

 

 

प्रकाशित : 2 March, 2025

प्रतिक्रिया दिनुहोस्