लगातार तेस्रो दिन पनि नेप्से घट्यो

काठमाडौँ । फागुन २१, लगातार तेस्रो दिन आज पनि नेप्से घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८ सय १६ दशमलव ४२ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ८ वटा कम्पनीका २ करोड २८ लाख कित्ता शेयर १० अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।