महोत्तरीमा यात्रु बस पल्टिँदा १५ जना घाइते

काठमाडौँ । फागुन २३, महोत्तरीमा यात्रु बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।
दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।