बढ्यो सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलामा १३ सय रुपैयाँले बढेर एक लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार प्रतितोलामा एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलामा दुई हजार २० रुपैयाँ भएको महासंघको भनाइ छ ।

 

प्रकाशित : 27 March, 2025

प्रतिक्रिया दिनुहोस्