सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी
काठमाडौं । चैत २६,  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ  ।

प्रकाशित : 8 April, 2025

प्रतिक्रिया दिनुहोस्