काठमाडौंका सुन रिफाइनिङ सेन्टरमा प्रहरीको छापा- २ करोडबढीको सुनचाँदी बरामद

सहयात्रा टिभी

काठमाडौं । बैशाख ४,काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सुनचाँदी रिफाइनिङ तथा परीक्षण केन्द्रमा प्रहरीले छापा मारेको छ ।

सुन तथा चाँदीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चावहिल, कपन र जोरपाटीमा छापा मारेको हो । सोक्रममा ९ जनालाई पक्राउ गरिएको छ ।

ती ठाउँबाट १ करोड ७० लाख १० हजार ६० रूपैयाा बराबरको १०७६.५१८ ग्राम सुन र ३० लाख ९ हजार ९१ रूपैयाँ बराबरको १८०४५. ५२९ ग्राम चाँदी बरामद गरिएको एसपी अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार ८ लाख २७ हजार ५०० नेपाली रुपैयाँ र ११ हजार ७०० भारु पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्ने सबै भारत महाराष्ट्रका हुन् ।

प्रहरीका अनुसार भारत महाराष्ट्र घर भई जोरपाटी बस्दै आएका ३० वर्षीय नबनाथ बाकु कसीद, २० वर्षीय सन्दीप पोपट हजारे, चावहिल बस्ने २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, बूढानीलकण्ठ बस्ने २२ वर्षीय अरमान हनिफ ईनामदाय, २२ कै मनोज सुभाष सकट, कामनपा बस्ने ३८ वर्षीय अमोलकुमार गोस्ले, चावहिल बस्ने २० वर्षीय २० सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली छन् । बरामद नगद-जिन्सीसहित पक्राउ परेका ९ जनालाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइएको एसपी बोहराले बताए ।

प्रकाशित : 17 April, 2025

प्रतिक्रिया दिनुहोस्