सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं । बैशाख ५, सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।
तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झैँ आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।