प्रि ओपन सेसन : नेप्सेमा करिब २ अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख ७, साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब २ अंकले बढेको छ । सेसन अवधिमा नेप्से १.७७ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढ्यो ।


प्रि ओपन सेसनमा ४८ कम्पनीको ३७ हजार ६०८ कित्ता शेयर किनबेच हुँदा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ । जसमा १७ कम्पनीको मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित : 20 April, 2025

प्रतिक्रिया दिनुहोस्