सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । वैशाख २२, नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ ।


हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुनेछ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित : 5 May, 2025

प्रतिक्रिया दिनुहोस्