सेयर बजार ११.९७ अंकमा झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ ।

अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज अधिकांश सेक्टरका सूचक घटेका छन् । व्यापार ०.४९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा यो सेक्टर बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी यसमा सूचीकृत छन् ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।

 

प्रकाशित : 4 June, 2025

प्रतिक्रिया दिनुहोस्