यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सहयात्रा टिभी
काठमाडौं । जेठ २८, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ दर अनुसार, अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य घटबढ देखिएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ २७ पैसा कायम भएको छ। यस्तै, युरो एकको खरिदमा १५६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १५६ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ ४७ पैसा र बिक्री दर १८५ रुपैयाँ २८ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार, आज खाडी मुलुकका प्रमुख मुद्राहरूमा कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियालको ३६ रुपैयाँ ४४ पैसा र संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको खरिद दर ३७ रुपैयाँ २१ पैसा छ। मलेसियन रिङ्गिट एकको खरिदमा ३२ रुपैयाँ २७ पैसा रहेको छ।
त्यसैगरी, अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलरको ९९ रुपैयाँ ८४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर १० रुपैयाँ र जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४५ पैसा रहेको छ।
छिमेकी मुलुक भारतको मुद्रा भने स्थिर छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकले तोकेको यो विनिमय दरका आधारमा वाणिज्य बैंकहरूले सामान्य घटबढ गरी कारोबार गर्न सक्नेछन्।


