बैंकिङमा आकर्षण बढे सँगै नेप्से परिसूचकमा राम्रो वृद्धि

काठमाडौं । असार १५, बैंकिङमा आकर्षण बढे सँगै नेप्से परिसूचकमा राम्रो वृद्धि भएको छ । आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ ।
१८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो । कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो ।
एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो । यो समूह ०.५६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो ।
आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप तथा राधि विद्युत् क्रमशः अगाडि छन् । बजारको कुल पूँजीकरण रकम ४३ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ ।