बिहीबार नेप्सेले २७ सय अंक पार

काठमाडौं । असार १९, बिहीबार नेप्सेले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ ।
बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो ।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । आज फाइनान्समा आकर्षण देखिएको छ । बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो । गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएको थियो ।
आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।