‘मैझारो’मा मिरुना र धिरजको जोडी

काठमाडौं । असार २५, कलाकार विल्सन विक्रम राईको डेब्यु निर्देशन रहने चलचित्र ‘मैझारो’मा धिरज मगर र मिरुना मगरको जोडी मुख्य भूमिकामा देखिने भएको छ । धिरजसँगै अब मिरुना पनि औपचारिक रूपमा चलचित्रमा अनुबन्धित भएकी हुन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित हुनेछ । निर्देशक राईका अनुसार, ‘मैझारो’ले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक परिवेशलाई पर्दामा उतार्नेछ ।
साउनको पहिलो हप्ताबाट छायांकन सुरु हुने चलचित्रलाई इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ । चलचित्रमा सौरभ लामाको छायांकन तथा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ ।