सेयर बजारले २७ सय अंक नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । असार २५, बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ ।

१९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।

आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।

ग्रिन डेभलपमेन्ट बैंकको ४.४१ प्रतिशत मूल्य घट्यो । पिपुल्स हाइड्रोपावरको २.७७, राप्ती हाइड्रोको २.४४ तथा खानीखोला हाइड्रोको २.२९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् । बजारको पूँजीकरण रकम ४५ खर्ब ८ अर्ब पुगेको छ ।

 

प्रकाशित : 9 July, 2025

प्रतिक्रिया दिनुहोस्