प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । असार २६, साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ ।

यससँगै सेसन अवधिको सूचक २७०९.०८ अंकको विन्दुमा आएको छ । यस सेसनमा ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।


