‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन १६, दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मह संचारको चर्चित पात्र हरिबहादुरको भूमिकामा अभिनेता हरिवंश आचार्यलाई प्रस्तुत गरिएको छ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंशका साथै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाल जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको हो। फिल्म आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रकाशित : 1 August, 2025

प्रतिक्रिया दिनुहोस्