बिहीबार सेयर बजार २.६२ अंक बढ्यो 

सहयात्रा टिभी

काठमाडौं । साउन २९, साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ ।

लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अ‌ंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएको छ । कारोबारका क्रममा बजारले दुई पटकसम्म २८ सय अंक नाघे पनि १ : ४० बजेपछि केही घट्न गयो ।

बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

१०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 14 August, 2025

प्रतिक्रिया दिनुहोस्