दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

सहयात्रा टिभी

काठमाडौं । भदौ १, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को प्रमुख पदका लागि योग्य व्यक्तिको खोजी सुरु गरेको छ । मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने जानकारी दिएको हो ।

सूचना अनुसार, इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् आगामी भदौ २१ गतेसम्म, आफ्नो आवेदन दिइसक्नुपर्नेछ । आवेदन फारम गोप्य सिलबन्दी खाममा राखी सिंहदरबारस्थित मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्डर–संस्थान डेस्क) मा कार्यालय समयभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा, त्यसको भोलिपल्ट कार्यालय खुलेसम्म आवेदन दर्ता गर्न सकिने सुविधा पनि दिइएको छ ।

महाप्रबन्धकको एक पदका लागि खुलाइएको यो प्रतिस्पर्धामा भाग लिनका लागि आवेदकले प्रशासन, व्यवस्थापन वा कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, उमेरको हद ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ ।

प्रकाशित : 17 August, 2025

प्रतिक्रिया दिनुहोस्