गोरखामा बस दुर्घटना २१ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बा ०१–००६ ख ४१३१ नम्बरको बस मंगलबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिकामा दुर्घटना भएको हो ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको बस भीमसेनथापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । बसमा सवार २२ यात्रुमध्ये २१ जना घाइते भएको उनको भनाइ छ । अनियन्त्रित भएर दुर्घटना भएको बसका दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ । थप १९ जना घाइतेको प्राथमिक उपचार केन्द्र आरुघाटमा उपचार भइरहेको छ ।

प्रकाशित : 2 September, 2025

प्रतिक्रिया दिनुहोस्