प्रदीप खड्का अभिनित ‘प्रकाश’ युट्युबमा रिलिज

सहयात्रा टिभी

काठमाडौं । असोज ३१, अभिनेता प्रदीप खड्काको अभिनय करिअरमा कोशेढुङ्गा मानिएको चलचित्र ‘प्रकाश’ अब युट्युबमा सार्वजनिक भएको छ। हलमा रिलिज हुँदा समीक्षक र दर्शकबाट प्रशंसा पाएको यो चलचित्र अब दर्शकले घरमै बसेर निःशुल्क हेर्न सक्नेछन्।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको यो चलचित्रले प्रदीप खड्कालाई व्यावसायिक चलचित्रको छविबाट बाहिर निकालेर एक चरित्र अभिनेताको रूपमा स्थापित गराएको थियो। चलचित्रमा उनले निर्वाह गरेको भूमिकाको चौतर्फी प्रशंसा भएको थियो।

‘प्रकाश’मा प्रदीपका अलावा दीया मास्के र रेणु योगीको पनि मुख्य भूमिका रहेको छ। महेन्द्र अधिकारीद्वारा निर्मित यस चलचित्रले समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाए पनि बक्सअफिसमा भने औसत व्यापार गरेको थियो। युट्युबमा रिलिज भएसँगै हलमा हेर्न छुटाएका र पुनः हेर्न चाहने दर्शकका लागि यो राम्रो अवसर बनेको छ।

प्रकाशित : 17 October, 2025

प्रतिक्रिया दिनुहोस्