शेयर बजार आज उच्च अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ११, शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

प्रकाशित : 28 October, 2025

प्रतिक्रिया दिनुहोस्